प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै
226 पटक पढिएको
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरि बैठकको समय तोकिएको छ ।
संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भईरहेको छ ।विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् ।
यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन ।
सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।







