हङकङसँग गोलरहित बराबरीमा रोकियो नेपाल
229 पटक पढिएको
काठमाडौँ ,२३ जेठ २०८२ । नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।
९० मिनेटको खेलमा दुवै देशबाट गोलका केहि प्रयास भएपनि गोलमा परिणत हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको छ ।यस खेलमा खेलको इन्जुरी समयमा मणि लामाले दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो ।नेपालले लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलको तयारी स्वरूप यो खेल खेलेको हो ।
नेपालले जुन १० मा लाओससँग छनोट खेल खेल्ने तालिका छन् ।
फिफाको वरियतामा हङकङ १५३औ स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।







