एयर पेस्तोलसहित भारतीय नागरिक पक्राउ

208 पटक पढिएको

७ असार २०८२, शनिबार २०:३९ सम्पादक: धादिङ न्यूज

झापा  । मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र  खुकुरी २ थान सहित  भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ ‍वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लुबि ७० जि ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।