शितल बजारमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते
235 पटक पढिएको
धादिङ .१२ असार २०८२ । बुधबार राती पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शितल बजारमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
बुधबार राति ८ः२० बजेको समयमा मालिङ्गाबाट तर्फ आउदै गरेको बा ९६ प २१८९ नं को मोटरसाइकल र मलेखुबाट मालिङ्गातर्फ जाँदै गरेको बा ९७ प ७९६४ नं को मोटरसाइकल एक आपसमा ठोक्किएर दुघर्टना भएको को जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते हुनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका-३ बस्ने बर्ष १९ को राम्जी बिसुन्के र गजुरी गाउँपालिका-२ बस्ने बर्ष ३३ को सम्भु चौधरी रहेका छन् । दुवै जना मोटरसाईकलका चालक हुन् ।
घाईतहरुको अवस्था सामान्य रहेको र उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाइएको प्रहरीले जनाएको छ ।







