एकीकृत समाजवादीले बोलायो असार १३ गते सचिवालय बैठक

200 पटक पढिएको

१२ असार २०८२, बिहीबार २१:१७ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं, १२ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ ।

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठक असार १३ गते शुक्रबार विहान ११ बजे बस्नेछ ।

केन्द्रीय कार्यालय आलोकनरमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक सन्दर्भसहित विभिन्न विषयहरूमाथि छलफल हुने अर्यालले जानकारी दिएका छन् ।

पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बस्न लागेको हो ।