खुर्सानी सन्तुलित रुपमा खाएमा फाइदैफाइदा
399 पटक पढिएको
१.एक अध्ययन अनुसार पिरो खानाले अनावश्यक तौल कम गर्छ । मोटाहरुका लागि पिरो खानु फाइदाजनक हुन्छ । यसले शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्याप्सेसिन कम्पाउण्डले शरीरमा थर्मोजेनिक प्रभाव पार्दछ र खानाले प्रदान गर्ने क्यालोरी केही घटाउन मद्दत गर्दछ ।
२.क्याप्सेसिन ले क्यान्सरको कोषहरुलाई पनि नष्ट गर्दछ भने रुघा खोकी पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
३. मुटुलाई स्वस्थ्य राख्छ । खुर्सानीले मुटु सम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयाघात र स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्दछ । यसले मुटुलाई सुनिनबाट रोक्छ ।
४. खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई पनि कम गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि दिन्छ ।
५. पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउने भएकोले रिसलाई नियन्त्रण गर्छ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउछ ।
६. खुर्सानीमा भिटामिन C, भिटामिन A, र अन्य एण्टीअक्सिडेन्ट हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।
खुर्सानी बढी खाँदा पेट पोल्ने, ग्यास, वा अल्सरजस्ता समस्या बढ्न सक्छ र संवेदनशील छालामा खुर्सानीको रस परेमा जलन हुन सक्छ।
खुर्सानी सन्तुलित रुपमा खाएमा फाइदैफाइदा मात्र हुन्छ ।







