सिराहाको कल्याणपुर नगरका प्रमुख साह एक लाख घुससहित पक्राउ

215 पटक पढिएको

३२ असार २०८२, बुधबार १९:०५ सम्पादक: धादिङ न्यूज

सिराहा । सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साह एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो।

अख्तियारले मेयर साहले नगरपालिकाको २० लाख बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेको बताएको छ ।

कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेको र पटक-पटकको वार्तापछि मेयरले चेक काट्नुअघि पहिलो किस्ताबापत १ लाख र चेक साटिएपछि बाँकी रकम बुझाउन दबाब दिएका थिए।

अख्तियारले सोही एक लाख रकम लिँदै गर्दा मेयर साहलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारले पक्राउ परेका प्रमुखमाथि थप अनुसन्धान गर्ने जनाएको छ ।