नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक आजबाट , पूर्व राष्ट्रपति भण्डारीको राजनैतिक सक्रियताबारे छलफल हुँदै

356 पटक पढिएको

५ श्रावण २०८२, सोमबार ०७:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

तर, पुर्व राष्ट्रपति भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाउने उद्धेश्य राखी पार्टी अध्यक्ष केपि शर्मा ओलीले भण्डारीको सदस्यता नविकरण नभएको प्रतिकृया दिएपछि एमाले भित्र खैलाबैला शुरु भएको छ ।

अध्यक्ष ओलीले पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण  ‘पेन्डिङ’ मा राखेको जनाएपनि पार्टीका महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, विभागका सचिव माधव ढुंगेल लगायतका नेताले एक बर्ष अघिनै भण्डारीको सदस्यता नविकरण भईसकेको वताईरहेका छन् ।

अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाउन पार्टी सदस्यता पेण्डिङमा रहेको दावी गरेपछि यस बिषयमा पार्टी भित्र निकै चर्चा र बहस चुलिएको छ ।

यसै बिच साउन ४ गते आईतबार पूर्वराष्ट्रपति  भण्डारी र नेकपा (एमाले) अध्यक्ष ओलीबीच आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा डेढ घण्टा लामो गोप्य वार्ता भएको छ। भण्डारी स्वयं एमाले कार्यालय पुगेर अध्यक्ष ओलीसँग संवाद गरेकी हुन्।

वार्ताका क्रममा अन्य कुनै नेता सहभागी थिएनन्। सो छलफलको खास कुरा बाहिर नआए पनि ओली भने भण्डारीलाई जसरी पनि रोक्ने पक्षमा देखिएका छन् । सो बिषयमा पनि आजको केन्द्रिय समिति बैठकमा छलफल हुने बुझिएको छ ।

ओलीसँग प्रत्यक्ष संवादका लागि भण्डारी च्यासल पुगेकी थिइन्। च्यासलबाट बाहिरिँदै गर्दा संचारकर्मीसँग छोटो कुराकानी गर्दै भण्डारीले “राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको” बताइन्। साथै उनले आफूले एमालेको सदस्यता पहिले नै नवीकरण गरिसकेको दाबी गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले यसअघि नै सार्वजनिकरूपमा एमालेको सक्रिय राजनीतिमा फर्कने र आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेकी थिइन्। तर, अध्यक्ष ओलीले नेतृत्वका लागि ७० वर्षे उमेर सीमा हटाए पनि भण्डारीको पुनः प्रवेशमा सहजता देखाएका छैनन्। ओलीले शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा भण्डारीको सक्रियताको चाहनाबारे आफूले केन्द्रीय तहमा औपचारिक कुरा गर्ने बताएका थिए।