आज कति छ नेपाली बजारमा सुनचाँदीको मुल्य ?

240 पटक पढिएको

५ श्रावण २०८२, सोमबार १०:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।