भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

469 पटक पढिएको

१४ श्रावण २०८२, बुधबार ०७:३६ सम्पादक: धादिङ न्यूज

रसुवा । रसुवा जिल्ला गोसाईकुण्ड गा.पा.२ लेन्दे खोलामा मित्र राष्ट्र चिन तर्फबाट पानीको बहाव बढेपछि भोटेकोशी नदीमा फेरी बाढी आएको छ ।

भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ ।

यस अघि असर २४ गते आएको बाढीले मितेरी पुल बगाएको थियो भने ठुलो मानवीय भौतिक क्षति भएको थियो ।