पेट्रोलको मुल्य १ रुपैयाँ घट्यो, डिजल र मट्टीतेलको बढ्यो

244 पटक पढिएको

१६ श्रावण २०८२, शुक्रबार ०५:४१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ । निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र  डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।

मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।