अनेरास्ववियु धादिङको संयोजकमा सविन नेपाल, सह संयोजकमा सदिक मिया
511 पटक पढिएको
धादिङ, १६ साउन । नेकपा एमाले निकट अनेरास्ववियु धादिङको संयोजकको जिम्मेवारी सविन नेपालले पाएका छन् ।
धादिङ जिल्लाका अध्यक्ष श्याम लामा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त हुन गएको थियो ।
धुलिखेलमा बसेको अनेरास्ववियु केन्द्रिय समितिको प्रथम सचिवालय बैठकले धादिङ लगायत विभिन्न जिल्लामा संयोजक,सह संयोजक तोक्नुका साथै केन्द्रिय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिएको छ ।
अनेरास्ववियुका केन्द्रिय सचिव दिपक धामीले सर्कुलर मार्फत सचिवालयको निर्णय सार्वजनिक गर्दै ३२ बर्ष उमेर हद लागू भएपछि निर्वाचित भएका प्रदेश र जिल्ला कमिटीमा पनि उमेर हद लागू गर्दै नयाँ संयोजक र सह संयोजक तोकेको जानकारी दिएका छन् ।
धादिङमा अनेरास्ववियुमा दुई वटा समूह बनेर अलग अलग संयोजक तोक्नुका साथै एकले अर्कोलाई संगठनको सदस्यबाट हटाएको भन्दै बिज्ञप्ति जारी गरेका थिए । तत्कालिन अध्यक्ष श्याम लामाले जिल्ला कमिटीको बैठक नराखी उपाध्यक्ष सविन नेपाललाई संयोजकको जिम्मेवारी दिएपछि एमाले धादिङको तर्फबाट विद्यार्थी इन्चार्ज हरि थापाको उपस्थितीमा बैठक बसेको असन्तुष्ट समूहले सदिक मियाँलाई संयोजक तोकेका थिए ।
दुवै पक्षले आँफुहरु आधिकारिक भएको दावी गर्दै केन्द्रिय कमिटीमा पत्राचार गर्नुका साथै एक पक्षले अर्को पक्षलाई कारवाही गरेको पत्र सार्वजनिक गरेका थिए । विवादको मुख्य एजेण्डाको रुपमा रहेको जिल्ला संयोजकको जिम्मेवारी केन्द्रले तत्कालिन उपाध्यक्ष नेपाललाई दिएको छ भने तत्कालिन कोषाध्यक्ष मियाँलाई सह सयोजकको जिम्मेवारी दिएको छ । धादिङको इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य लामाले पाएका छन् ।
यसै गरी अच्युत उप्रेतीले वागमती प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् ।









https://shorturl.fm/7T1Dz
https://shorturl.fm/O24Z5
https://shorturl.fm/pZgPH