बागमतीकाे मुख्यमन्त्रीमा इन्द्र बहादुर बाँनियाले पेश गरे दावी
329 पटक पढिएको
मकवानपुर । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलकाे नेता इन्द्र बहादुर बाँनियाले दावी पेश गरेका छन् ।
काँग्रेस बागमती सभापति समेत रहेकाे बाँनियाले सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजिनामा दिए पछि बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले मंगलबार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।
आइतबार मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजिनामा दिएकाेमा उक्त राजिनामा पत्र सोमबार प्रदेश प्रमुख समक्ष पेश भएको थियो । यो सँगै प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको लागि दावी पेश गर्न आव्हान गरेका थिए ।
बानियाँले नेपाली काँग्रेस संसदीय दलका ३७ जना र नेकपा (एमाले) संसदीय दलका २७ जना सदस्यसहित ६४ जना बहुमत सदस्यकाे समर्थन सहित नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका हुन् । बागमती प्रदेश सभामा ११० जना सदस्य छन् ।







