धादिङको खानीखोलामा पेट्रोल ट्यांकरमा आगजनी
472 पटक पढिएको
धादिङ,२ भदौ । बाराको अम्लेखगंगबाट पेट्रोल बोकेर काठमाण्डौं जाँदै गरेको ट्याङकरमा धादिङको खानीखोलामा अचानक आगलागी भएको छ ।
धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ८ खानीखोला वजार मा सोमबार विहान १०.२० वजेको समयमा ना ७ ख ३७७४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक नन्दराज जैसीले जानकारी दिनुभयो ।
गुडिरहेको ट्याङकरमा अचानक आगलागी भएको खबर आउनासाथ धुनिबेसी नगरपालिकाको वारुणयन्त्र,इलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक जैसीको कमाण्डमा खटिएको जनपद प्रहरी, ट्राफिक प्रहरी , स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगलागीबाट मानवीय क्षती नभएपनि ट्याङकरको इन्जिनको तारमा केही क्षती हुन पुगेको प्रहरीले जनाएको छ ।








https://shorturl.fm/Ynk83