अल नासर साउदी सुपर कपको फाइनलमा

216 पटक पढिएको

४ भाद्र २०८२, बुधबार ०५:५६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ ।

मंगलबार हङकङमा सम्पन्न सेमिफाइनल खेलमा अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स र साडियो मानेले एक एक गोल गरेका थिए । त्यस्तै अल इत्तिहादका लागि स्टेभेन बेर्गविन्ज्नले एक गोल गरेका थिए ।

यस खेलमा खेलको २५औं मिनेटमा साडियो मानेले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

अब अल नासर फाइनलमा दोस्रो सेमिफाइनलको अल अहली र अल क्वादसिआहबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल बुधबार हुने छ भने फाइनल खेल शनिबार हुने छ ।