गृह मन्त्रालयद्वारा २० जना सह सचिव र २४ जना उप सचिवको सरुवा धादिङका प्रजिअ सुमन घिमिरे ललितपुर, ओखलढुंगाबाट विजयराज सुवेदी धादिङको प्रजिअमा सरुवा

652 पटक पढिएको

५ भाद्र २०८२, बिहीबार ०६:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौं,  ५ भदौ । गृह मन्त्रालयले बुधबार २० जना सह सचिव र २४ जना उप सचिवको सरुवा गरेको छ । यसरी सरुवा हुनेहरुमा अधिकांश प्रजिअको जिम्मेवारीमा रहेकाहरु छन् ।

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सुमन घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा कार्यरत विजयराज सुवेदीलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जयनारायण आचार्यलाई भने प्रशासन महाशाखामा कामकाजमा खटाइएको छ ।मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यसैविच गृहमन्त्री लेखकका निजी सचिव उपसचिव बद्री तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ भने उपसचिव दिर्घराज उपाध्यायलाई दिइएको छ । सुदूरपश्चिम घर भएका उपाध्याय यस अघि बैतडी र दार्चुलामा प्रमुख जिल्ला अधिकारी थिए ।