मुग्लिन नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी सञ्चालन
267 पटक पढिएको
चितवन । सुख्खा पहिरो खसेर अबरुद्ध हुन पुगेको मुग्लिन नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ ।
सुख्खा पहिरोका कारण दुईतर्फी अवरुद्ध भएको छ ।आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा मुग्लिङ-नारायणगढ सडकखण्ड दुइतर्फी अबरुद्ध हुन पुगेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीले एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने एपछि अबरुद्ध सडकमा सवारी आवागमन शुरु भएको हो ।
सडकमा खसेको पहिरो पन्छाएपनि भिरमा ठूलो ढुंगा अडकिएर रहेको कारण जुनसुकै बेला खस्न सक्ने भएकाले सावधानी अपनाएर मात्र सवारी चलाउन र पैदलयात्रा गर्न इलाका प्रहरी कार्यालय मुग्लिनले अनुरोध गरेको छ । काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन ।








https://shorturl.fm/mUKRo