तातो तेलले पोलेर घाइते धादिङ थाक्रे–२ का सुसन राईको उपचारलाई भयो आर्थिक अभाव
396 पटक पढिएको
धादिङ-थाक्रे गाउँपालिका–२, कोइराले निवासी बिमला राईका ३ वर्षीय छोरा सुसन राई तातो तेलले पोलेर गम्भीर घाइते भएका छन्। घाइते बालकको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
उपचार खर्च महँगो भएकाले धादिङको थाक्रे गाउँपालिका र वडा नं–२ कार्यालयले सहयोगका लागि सिफारिस गर्दै सहयोगका लागि अपिल गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि थप रकम अभाव भएको हुँदा उपचारमा सहयोग गर्न सहयोगी मनका महानुभावहरूलाई परिवार जनको तर्फबाट अपिल गरिएको छ।
“सेवा नै धर्म हो” भन्ने भावना सहित सुसन राईको उपचारमा साथ दिन सबैलाई अनुरोध गरिएको परिवारले जनाएको छ।
सहयोग गर्न इच्छुक महानुभवले लक्ष्मण राईको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०५१०२५१०००२०००११ मा रकम जम्मा गर्न सक्नेछन्







