गोरखाको तान्द्राङ टारीफाँटमा बस दुर्घटना, रुखमा अड्किँदा ठूलाे क्षति हुनबाट जोगियो

279 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार ०८:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १७ भदौ । काठमाडौँबाट  गोरखाको आरुघाट, आर्खेत सोति माछिखोला जाँदै गरेको रात्रीबस गोरखाको भिमसेनथापा गाउँपालिका–३ तान्द्राङ टारीफाटमा मंगलबार बिहान दुर्घटना भएको छ।

बागमती प्रदेश ०१–००६–४१–३१ नम्बरको उक्त बसमा करिब १५ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। उनीहरुको तत्काल उद्धार सशस्त्र प्रहरी र स्थानीयबासीले संयुक्त रूपमा गरी उपचारका लागि गोरखा अस्पताल पुर्याइएको छ।

बस सडकबाट अनियन्त्रित भई तल खस्दै गर्दा बाटो छेउको रुखमा अड्किँदा ठूलाे मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।