भिटामिन बी १२ : स्वास्थ्य र मानसिक तन्दुरूस्तीका लागि अपरिहार्य

259 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार १०:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं – हाम्रो शरीरलाई स्वस्थ राख्न र दैनिक कार्यहरू सहजै सञ्चालन गर्न विभिन्न पोषक तत्वहरू आवश्यक पर्छन्। प्रोटिन, मिनरल्स र भिटामिन तिनै मध्ये महत्त्वपूर्ण हुन्। विशेषगरी भिटामिन बी १२ शरीर र मानसिक स्वास्थ्यका लागि अत्यन्त आवश्यक मानिन्छ।

भिटामिन बी १२ले शरीरमा रातारात रक्तकोष र डीएनए उत्पादनमा योगदान पुर्‍याउँछ। यसले छाला, हड्डी र मांसपेशीलाई बलियो राख्न मद्दत गर्छ। साथै, मानसिक स्वास्थ्य कायम राख्न यसको भूमिका महत्वपूर्ण छ।

यसको कमीले स्मरण शक्ति कमजोर हुनु, डिप्रेसन, चिन्ता र नकारात्मक विचार आउने समस्या निम्त्याउन सक्छ। अनुसन्धान अनुसार, बी १२ र अन्य बी समूहका भिटामिनहरूले मस्तिष्कमा रसायन उत्पादनमा सहयोग पुर्‍याउँछन्, जसको कमीले मूड स्विंग, मानसिक अस्पष्टता र डिप्रेसन जस्ता समस्या बढाउन सक्छ।

भिटामिन बी १२को कमीका लक्षणहरू:

* थकान र ऊर्जा स्तर कम हुनु
* सास फेर्न कठिनाई
* मांसपेशी दुखाइ र विशेषगरी घाँटी दुख्ने समस्या
* नकारात्मक वा गडबड हुने मानसिक विचार

**भिटामिन बी १२ पाइने स्रोतहरू:**

* मासु, माछा, कुखुरा, अण्डा
* दुग्धजन्य पदार्थ जस्तै दूध, पनीर, दही
* शाकाहारीका लागि: फोर्टिफाइड ब्रेकफास्ट सिरियल, फोर्टिफाइड सोया वा बदामको दूध,

भिटामिन बी १२ले रक्त कोशिका उत्पादन तंत्रिका प्रणालीको स्वास्थ्य,डीएनएको निर्माण र खानालाई ऊर्जा रुपान्तरणमा मद्दत गर्छ। यसले शरीरलाई तन्दुरूस्त राख्ने काम गर्छ।

स्वस्थ जीवनका लागि आहारमा भिटामिन बी १२ पर्याप्त राख्नु अत्यावश्यक छ।