सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख पाँच हजार नौ सय
164 पटक पढिएको
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
सोमबार प्रतितोला रु दुई लाख पाँच हजार तीन सयमा कारोबार भएको सुन आज प्रतितोला रु ६०० ले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले बढेर रु २,४८५ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा माग नबढे पनि विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुन महँगिएको हो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।







