माओवादी केन्द्रले नेकपा एस र विप्लव समूहसँग एकता गर्ने निर्णय
356 पटक पढिएको
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले दुवै दलसँग एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘नेकपा एस, नेपाल कम्युनिष्ट पार्टीसहितका वामपन्थी दलहरूसँग एकता गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ,’ पौडेलले बताए ।
त्यसैगरी बैठकले सरकारले सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउने निर्णय समेत गरेको छ ।







