धादिङको आदमटारमा दोस्रो अरुणोदय कबड्डी कप हुने
368 पटक पढिएको
धादिङ ।धादिङको सिद्धलेक गाउँपालिका–७, आदमटारस्थित अरुणोदय युवा क्लबले बडादशैं–२०८२ को अवसरमा दोस्रो अरुणोदय कबड्डी कप आयोजना गर्ने भएको छ।
जिल्ला स्तरीय खुला पुरुष कबड्डी प्रतियोगिता असोज १० गतेदेखि १२ गतेसम्म सत्यवति माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ।
प्रतियोगितामा विजेताले रु. ५० हजार, दोस्रोले रु. ३० हजार, उपविजेताले रु. १०–१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
सो अवसरमा स्थानीय कलाकारहरूको गीत–नृत्यसहितको सांस्कृतिक प्रस्तुति र चिट्ठा कार्यक्रम समेत हुने आयोजकले जनाएको छ। चिट्ठामा घोरले खसी, फ्रिज, इन्डक्सन चुलोसहित विभिन्न आकर्षक पुरस्कारहरू राखिएका छन्।
कार्यक्रम सिद्धलेक गाउँपालिकाको संरक्षकत्वमा हुने र समुदायको एकता, सांस्कृतिक संरक्षण तथा खेलकुद प्रवर्द्धनलाई समर्पित रहेको आयोजक समितिका अध्यक्ष राजाराम खतिवडाले जानकारी दिनुभयो।








https://shorturl.fm/OFvUH