जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १९ ,काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु

299 पटक पढिएको

२३ भाद्र २०८२, सोमबार १८:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १९ पुगेको छ । तीमध्ये काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको छ ।

काठमाडौंमा मात्र विभिन्न अस्पतालमा उपचारको क्रममा धेरैले ज्यान गुमाएका छन् । ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २ र शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । इटहरीमा भने २ जनाको गोली लागेर मृत्यु भएको छ ।

उक्त घटनामा सयौं घाइते भएका छन् । सिभिल अस्पतालमा मात्रै करिब सय जना उपचाररत छन् भने ट्रमा सेन्टरमा ५०, केएमसी अस्पतालमा ३२ र शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा घाइतेको चाप अत्यधिक भएको र अन्य बिरामीको उपचार गर्न समेत कठिनाइ भएको बताइएको छ । अस्पताल प्रशासनले अन्य अस्पतालमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

गोली चल्दा समाचार संकलनमा खटिएका पत्रकार तथा फोटो पत्रकार समेत घाइते भएको पुष्टि भएको छ ।

घटनाबारे थप विवरण आउँदैछ ।