धादिङको गल्छी गाउँपालिकाद्वारा शोक बिदा घोषणा
275 पटक पढिएको
गल्छी । धादिङको गल्छी गाउँपालिकाले सोमबार काठमाडौँलगायत देशभरका सहरमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद् घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गर्दै मंगलबार गाउँपालिकामा शोक बिदा दिएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार, भदौ २४ गते गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), शैक्षिक संस्था तथा सम्पूर्ण संघसंस्थाहरुमा शोक बिदा रहने छ ।
“काठमाडौँलगायत विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा नागरिकको ज्यान गएको घटनाले हामीलाई अत्यन्त मर्माहत बनाएको छ । मृतकका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग अपिल गर्दछौँ गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बताउनु भयो ।
यसै गरी वेनिघाट रोराङ गाउँपालिकाले मंगलवार शिक्षण संस्था वन्द गरेर शोक मनाएको छ ।







