राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
356 पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएलगत्तै नेपाली सेनाको विशेष सुरक्षा घेरामा रहेको पुष्टि भएको छ । सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओली मंगलबार राति सरकारी निवास बालुवाटारबाट सेनाको सुरक्षासहित अज्ञात स्थानतर्फ लगिएका छन् ।
त्यस्तै, उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरूलाई भैंसेपाटीस्थित निवासबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको र उनीहरू हाल सेनाको निगरानीमा रहेको स्रोतले जनाएको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी घरमै रहेकाले आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ । आगजनीका कारण देउवादम्पतीलाई तत्काल निकाल्न नसकिएको बताइएको छ ।
सैनिक प्रवक्ताले हालको परिस्थितिको विश्लेषण गरी थप सुरक्षा कदम चालिने जानकारी दिएका छन् ।







