आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ
251 पटक पढिएको
काठमाडौं । आन्दोलनका नाममा राजधानी काठमाडौं र भक्तपुरमा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई विभिन्न स्थानमा पक्राउ गरेको हो।
स्रोतका अनुसार राधेराधेस्थित भाटभटेनी सुपरमार्केट र होटेल हायातबाट सामान लुटपाट गर्ने क्रममा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये केही व्यक्तिले आन्दोलनको भीडको अवसर लिई व्यक्तिगत लाभ उठाउने प्रयास गरेको प्रहरीको भनाइ छ।
यसैबीच, आन्दोलनका क्रममा लुटपाट, आगजनी वा जीउधनमा क्षति पुर्याउने अराजक गतिविधि देखिएमा तत्काल जानकारी दिन नेपाली सेनाले आग्रह गरेको छ। सेनाले आफ्नो हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप तथा भाइबरमार्फत सन्देश पठाउन नागरिकलाई आग्रह गरेको हो।







