कानुनी शासन स्थापित गर्ने कार्यमा सहयोग गर्न नेपाल प्रहरीको अनुरोध
316 पटक पढिएको
काठमाडौँ । नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनका क्रममा नागरिक र प्रहरीको दुखद निधनले मर्माहत बनाएको उल्लेख गर्दै कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको हो ।
प्रहरीले घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोक्न समेत आग्रह गरको छ ।
प्रहरीले भनेको छ-
‘प्रदर्शनका क्रममा भएको जनधनको क्षति अत्यन्तै अपूरणीय एवं दुखद छ, त्यसबाट उत्पन्न परिणामस्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनर्स्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्न नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ ।’







