धादिङ कारागारको अवस्था तनावग्रस्त
712 पटक पढिएको
धादिङ । धादिङ कारागारको अवस्था तनावग्रस्त बनेको छ ।
कैदीहरु कारागार भित्र तोडफोड,आगजनी र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी ले बल प्रयोग गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न फायर समेत गरेका छन् । गोली लागेर ३ जना कैदी घाईते भएको र उनीहरुको धादिङ अस्पतालमा उपचार भईरहेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कारागार भित्र प्रदर्शनी,आगजनीको प्रयास, तोडफोडका घटना हुन थालेपछि बुधबार विहान देखि सुरक्षा व्यवस्था कडा बनाईएको छ । कैदी वन्दीले मुख्य गेट भत्काएन भाग्ने कोशिस गरेपछि केही बेर अघि सुरक्षाफौजले दुई राउण्ड गोली प्रहार गरी स्थितीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।







