संविधानको रक्षा गरौं भन्दै एमाले र समाजवादीका कार्यकर्ताको प्रदर्शन
447 पटक पढिएको
काठमाडौं – संविधानको रक्षा गरौं भन्दै नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ता काठमाडौंको मीनभवन क्याम्पस गेट अगाडि बिहीबार प्रदर्शनमा उत्रिएका छन्।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्वउपाध्यक्ष गोविन्द गिरी, समाजवादी–निकट अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठलगायतले सहभागिता जनाएका थिए।
प्रदर्शनकारीहरूले ‘संविधानको रक्षा गरौं’ र ‘यही संविधानको मान्यताअनुसार निकास खोजौं’ भन्ने नारा लगाएएका थिए। नेता पराजुलीले सम्पूर्ण राजनीतिक समस्याको समाधान लोकतान्त्रिक मूल्य–मान्यताभित्रै खोजिनुपर्ने बताए।







