जेनजी आन्दोलन : अस्पतालमा ३४ को मृत्यु , १३६८ घाइते

340 पटक पढिएको

२७ भाद्र २०८२, शुक्रबार ०६:०७ सम्पादक: धादिङ न्यूज

 

काठमाडौँ, – जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको ज्यान गएको र एक हजार ३६८ जना घाइते भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालबाट संकलित विवरणअनुसार ३४ जनाको मृत्यु भएको हो। तीमध्ये **निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पतालमा १, विर्तासिटी अस्पतालमा १, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र भेरी अस्पतालमा ५ जनाको निधन भएको पुष्टि गरिएको छ।

घाइतेमध्ये हालसम्म ३२१ जना विभिन्न अस्पतालमा भर्ना भई उपचाररत छन्। सचिव डा. विकास देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना उपचार गराइरहेका छन्।

त्यसैगरी, ९४९ जना उपचारपछि घर फर्किसकेका छन्।