सुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त
150 पटक पढिएको
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
कार्कीको शपथग्रहण आजै (भदौ २७) राति ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने भएको छ।
नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेर कार्कीले इतिहास रच्नु भएको छ ।







