कालिका मन्दिर संरक्षण तथा गुठि संरक्षण समितिको प्रथम अधिवेशन सम्पन्न
426 पटक पढिएको
धादिङ । धादिङको निलकण्ठ नगरपालिका–५ देविस्थानमा रहेको तारुका कालिका मन्दिर संरक्षण तथा गुठि संरक्षण समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।
भदौ २८ गते शनिवार सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ, जसको पदाधिकारी तथा सदस्यहरु यसप्रकार रहेका छन् । अध्यक्ष नवराज ढुंगाना, सचिव किसोर ढुंगाना,कोषाध्यक्ष रामकृष्ण श्रेष्ठ र सदस्यहरूमा निसा खतिवडा, कृष्ण हुमागाईं, खेम ज्ञामी, गोपीलाल श्रेष्ठ चयन भएका छन् ।
समितिले मन्दिरको संरक्षण, गुठि व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
नवराज ढुंगानाको अध्यक्षता र किसोर ढुंगानाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय नौमती बाजा संरक्षण अभियान नेपाल धादिङका संरक्षक दिपकराज शर्मा प्रमुख अतिथि रहेका थिए।







