चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा ६ शव फेला

314 पटक पढिएको

२९ भाद्र २०८२, आईतवार ११:४३ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं – राजधानीको चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार शवहरू कंकाल मात्र अवस्थामा भेटिएका कारण तत्काल पहिचान गर्न असम्भव छ। डीएनए परीक्षणपछि मात्र शव पहिचान हुने बताइएको छ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगो झोसेपछि भाटभटेनीमा भीषण आगलागी भएको थियो। घटनास्थलमा अझै पनि धुवाँ निस्किरहेको र भवनभित्रका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीको भनाइ छ।

सुरक्षाकर्मीहरूले थप उद्धार कार्य अघि बढाइरहेका छन् भने घटनापछि क्षेत्र प्रहरी नियन्त्रणमा राखिएको छ।