मुरलीभञ्ज्याङमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

240 पटक पढिएको

२९ भाद्र २०८२, आईतवार ११:५३ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक, निलकण्ठ–९ निगालपानी बस्ने ३९ वर्षीय राकेश खाती गम्भीर घाइते भएका छन्। उनको छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय कुमार बराईली पनि घाइते भएका छन्। उनको अनुहार र दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी लगिएको छ।

यस घटनामा संलग्न स्कारपियो चालक काठमाण्डौ मुलपानी बस्ने ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।