पार्टीलाई छिटो पुनर्गठन गर्न एमाले नेता गोकुल बास्कोटाको माग

188 पटक पढिएको

३० भाद्र २०८२, सोमबार १९:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गर्न माग गरेका हुन् ।

उनले अप्रिय लागेपनि दल विना गणतन्त्र बाच्दैन र  गणतन्त्र विना समाज नचल्ने बताएका छन् । उनले समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्ने बताए ।

उनले भनेका छन्- 

अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ ।