यस वर्षको दसैँ टीकाको उत्तम साइत बिहान ११:५३ बजे

245 पटक पढिएको

३१ भाद्र २०८२, मंगलवार २०:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँ टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा पर्ने जनाएको छ।

समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने उत्तम साइत रहनेछ। त्यस्तै असोज ७ गते बिहान ९ बजेर ५३ मिनेटमा सरकारी कार्यालयमा झन्डा फेर्ने र असोज १३ गते बिहान ७ बजेर १५ मिनेटमा फूलपाती भित्र्याउने उत्तम साइत रहेको छ।

समितिले तोकेको साइतअनुसार यस वर्षका दशैँका विधिविधान सम्पादन हुनेछन्।