नारायणगढ–मुग्लिन सडक खण्ड तुइन खोलामा पहिरो, आवागमन अवरुद्ध
359 पटक पढिएको
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा आज साँझ ठूलो पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ खसेको पहिरो पन्छाउने कार्य सुरु भए पनि माथिबाट अझै पहिरो खस्ने जोखिम कायमै छ । “दिउँसोदेखि नै पहिरो खस्ने र पन्छाउने काम भइरहेको छ, तर साँझ थप पहिरो खसेकाले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिन्छ,” शर्माले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि यात्रुहरू असुविधामा परेका छन् । जोखिम बढेकाले राति यस सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ ।







