नेपालमा मनसुन अझै सक्रिय, बर्हिगमनमा ढिलाइ

374 पटक पढिएको

४ आश्विन २०८२, शनिबार ०६:१५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ,  – जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन अझै सक्रिय रहेकाले तत्काल बर्हिगमन नहुने जनाएको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार भारतमा मनसुन छिट्टै सकिँदै गए पनि नेपालमा यस पटक अक्टोबर २ भित्र बर्हिगमन हुने सामान्य समयभन्दा केही ढिलो हुनसक्ने देखिएको छ।

यस वर्ष नेपालमा मनसुन १५ दिन छिट्टै प्रवेश गरेको थियो। हाल न्यूनचापीय रेखा सरदर स्थानमै रहेकाले अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव जारी छ।

आगामी दिनहरूमा मनसुन क्रमशः कमजोर हुँदै जाने भए पनि खण्डित रूपमा ४० मिलिमिटरसम्म वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।