दशैंमा मात्र सार्वजनिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ प्रयोग गर्ने अनुमति
152 पटक पढिएको
काठमाडौं, ४ असोज । दशैंमा काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीसाधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न दिने निर्णय भएको छ ।
शनिबार ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा सरोकारवालाहरुको बैठक बसेपछि यस्तो निर्णय गरिएको हो ।
मन्त्री घिसिङले सुरुङमार्गको निर्माण कम्पनीले अझै पूर्ण सुरक्षा मापदण्ड पूरा नभएको र सञ्चालन गर्न कठिन भएको जानकारी दिएको बताउँदै, “जाईकाले पनि सुरक्षा पूर्वाधार पूरा नभएकाले सञ्चालन सम्भव छैन भनेको थियो । तर परीक्षणका लागि दशैंमा मात्र सार्वजनिक सवारीसाधन चलाउन निर्देशन दिइएको छ,” भने ।
उनका अनुसार दशैंमा यात्रुको भीड व्यवस्थापन गर्न सार्वजनिक सवारीलाई सुरुङ प्रयोग गराइने भए पनि त्यसपछि भने प्रवेशमा रोक लगाइने छ ।







