नारायणगढ–मुग्लिन सडकखण्ड पैंतालिस घण्टापछि एकतर्फी सञ्चालनमा

189 पटक पढिएको

५ आश्विन २०८२, आईतवार १६:३५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । बन्द भएको पैंतालिस घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । लगातार गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक आईतबार दिउँसो सवा ४ वजे पछि  आंशिक रूपमा सुचारु भएको हो ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले साँझसम्म पूर्ण रूपमा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने तुईनखोला पुल नजिकै पहिरो खसेपछि शुक्रवार सांझ देखि सडक अवरुद्ध हुन पुगेको थियो । सडक अबरुद्ध हुंदा सयौं सवारी साधन रोकिन पुगेका थिए भने हजारौं यात्रु,रोकिएका सवारी साधनका यातायात मजदुरको बिचल्ली भएको थियो ।

सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको हो ।