लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

230 पटक पढिएको

५ आश्विन २०८२, आईतवार १९:१७ सम्पादक: धादिङ न्यूज

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय आशिष बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।