भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
256 पटक पढिएको
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेका घटनाबारे सत्यतथ्य बुझ्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगलाई घटनाबारे विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्न ३ महिनाको समयसीमा दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिएका छन्।








https://shorturl.fm/O2v8K