प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै,सिफारिस गरिन् ५ मन्त्रीको नाम

346 पटक पढिएको

५ आश्विन २०८२, आईतवार २१:०८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रिपरिषद् विस्तार गर्दै थप पाँच जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा उद्योग, वाणिज्य र आपूर्ती दुई मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको छ। त्यस्तै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पूर्व अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रालाई दिने निर्णय भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वरिष्ठ पत्रकार जगदीश खरेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आविष्कारक महावीर पुन र कृषि मन्त्रालयमा पूर्व आयोग संयोजक मदन परियारलाई सिफारिस गरिएको छ।

यसअघि नै अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ र गृह मन्त्रालयमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। नयाँ मन्त्रिपरिषद् विस्तारसँगै सरकारको संरचना अझै विस्तारित हुने भएको छ।