धादिङको जवाङको खोला नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अबरुद्ध

366 पटक पढिएको

६ आश्विन २०८२, सोमबार ०७:४८ सम्पादक: धादिङ न्यूज

धादिङ । मलेखु मुग्लिन सडक खण्डमा पर्ने धादिङको जवाङखोला नजिकै सुख्खा पहिरो खसेर पृथ्वीराजमार्ग अबरुद्ध हुन पुगेको छ ।

सोमबार बिहानै देखि सुख्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।  पहिरो पन्छाउन समन्वय गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सुख्खा पहिरोको कारण केही दिन अघि पनि यो ठाउँमा सडक अबरुद्ध हुन पुगेको थियो । सडक माथि ठूलो चट्टान रहेको कारण यहाँ ढुंगासहितको पहिरो खस्ने गर्दछ ।