आजदेखि सार्वजनिक सवारीका लागि रुट परमिट खुला

196 पटक पढिएको

६ आश्विन २०८२, सोमबार ०९:१४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६असोज  – देशभरका सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, चाडपर्वमा यातायातलाई सहज बनाउन यो कदम उठाइएको हो।

अब रुट परमिट नलिइकन सार्वजनिक सवारी गन्तव्यसम्म चल्न पाउने भए पनि, विशेष कारणले केही मार्गमा निषेधित सवारी साधनको बन्देज भने कायम रहनेछ। रुट परमिट खुला असोज २२ गतेसम्म लागु रहने महासङ्घले जनाएको छ।

महासङ्घले यात्रुहरूलाई सवारीमा अनिवार्य रूपमा टिकट लिनुपर्ने पनि स्मरण गराएको छ। साथै, खाद्यान्न लगायतका अत्यावश्यक सामान बाहेकका ठूला ट्रेलरहरू आजदेखि पूर्णिमासम्म नारायणघाट–काठमाडौं मार्गमा सञ्चालनमा रोक लाग्ने निर्णय सरकारले गरिसकेको छ।