साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भारत

179 पटक पढिएको

६ आश्विन २०८२, सोमबार २०:०० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ ।

सोमबार सम्पन्न समुह बी को खेलमा भारतले पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

जस अनुसार अब समुह ए मा विजेता बनेको बंगलादेशले सेमिफाइनलमा पाकिस्तानको सामना गर्ने छ भने समुह ए मा उपविजेता बनेको नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । सेमिफाइनलका खेलहरु विहिबार हुने छन् भने फाइनल खेल शनिबार हुने छ ।