आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना छैन
204 पटक पढिएको
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव मात्र रहेको जनाएको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । सोही क्रममा कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
तर, महाशाखाले आगामी २४ घण्टाभित्र देशभर भारी वर्षाको सम्भावना नरहेको स्पष्ट पारेको छ ।







