गाउँघरबाट लोप हुँदै दशैंमा पिङ खेल्ने संस्कार
306 पटक पढिएको
धादिङ । दसैँतिहारको रौनक गाउँघरमा ‘लिङ्गे पिङ’सहित झन् प्रफुल्लित हुने परम्परा अहिले हराउँदै गएको छ ।
अनुसार केही वर्षअघिसम्म सदरमुकाम र जिल्लाका अधिकांश गाउँबस्तीमा पिङ देखिन्थ्यो तर अहिले गाउँ–गाउँमै यो संस्कृति लोप हुँदै गएको छ । बाँस वा सालको खम्बा गाडेर बाबियोको डोरीबाट बनाइने पिङ बनाउन आवश्यक सीप भएका मान्छेको कमी, युवा वैदेशिक रोजगारीका नहुनु जस्ता कारण गाउँमा पिङ थाप्ने परम्परा हराएको हो ।
‘विगतमा पिङमा वृद्धादेखि बालबालिकासम्मको जमघट हुन्थ्यो, अहिले त्यो रमाइलो हराउँदै गएको छ,’ गल्छी ६ सिम्लेका कृष्णप्रसाद अधिकारी बताउँछन् । त्यस्तै थांक्रेका रामवहादुर आचार्यले केही बर्ष अघि सम्म दशैंको बेला गाउँका मुख्यस्थल पिङमय हुने परम्परा हराएको बताए ।
‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा हुन्थ्यो तर अहिलेको पुस्तामा आकर्षण छैन,’ धादिङबेसीका गंगादत्त तिमिल्सिनाले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई अबका पुस्ताले निरन्तरता दिनुपर्छ ।’









https://shorturl.fm/mdXeM
https://shorturl.fm/c6xe9
https://shorturl.fm/MZXM1