गाउँघरबाट लोप हुँदै दशैंमा पिङ खेल्ने संस्कार

346 पटक पढिएको

१५ आश्विन २०८२, बुधबार २१:०५ सम्पादक: धादिङ न्यूज

धादिङ । दसैँतिहारको रौनक गाउँघरमा ‘लिङ्गे पिङ’सहित झन् प्रफुल्लित हुने परम्परा अहिले हराउँदै गएको छ ।

अनुसार केही वर्षअघिसम्म सदरमुकाम र जिल्लाका अधिकांश गाउँबस्तीमा  पिङ देखिन्थ्यो तर अहिले गाउँ–गाउँमै यो संस्कृति लोप हुँदै गएको छ । बाँस वा सालको खम्बा गाडेर बाबियोको डोरीबाट बनाइने पिङ बनाउन आवश्यक सीप भएका मान्छेको कमी, युवा वैदेशिक रोजगारीका नहुनु जस्ता कारण गाउँमा पिङ थाप्ने परम्परा हराएको हो ।

‘विगतमा पिङमा वृद्धादेखि बालबालिकासम्मको जमघट हुन्थ्यो, अहिले त्यो रमाइलो हराउँदै गएको छ,’ गल्छी ६ सिम्लेका कृष्णप्रसाद अधिकारी बताउँछन् । त्यस्तै थांक्रेका रामवहादुर आचार्यले केही बर्ष अघि सम्म दशैंको बेला गाउँका मुख्यस्थल पिङमय हुने परम्परा हराएको बताए ।

‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा हुन्थ्यो तर अहिलेको पुस्तामा आकर्षण छैन,’ धादिङबेसीका गंगादत्त तिमिल्सिनाले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई अबका पुस्ताले  निरन्तरता दिनुपर्छ ।’

धादिङको नीलकण्ठ नगरपालिका–८ को रामकोटका स्थानीयले पिङ हालेपछि स्थानीय बासी मात्रै होइनन् सदरमुकामका वासिन्दा समेत त्यहाँ पुगेर मनोरञ्जन लिने गरेका छन् ।          तस्बिरः केशव अधिकारी / डिन्यूज