यात्रुबाट असुलिएको बढी भाडा धादिङमा फिर्ता

368 पटक पढिएको

१७ आश्विन २०८२, शुक्रबार २०:४९ सम्पादक: धादिङ न्यूज

धादिङ, १७ असोज । दशैंको समयमा यात्रुहरुसँग बढी भाडा असुलेका सवारी साधनलाई धादिङ प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट ट्राफिक प्रहरीसहितको टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ९ वटा सवारी साधनबाट बढी भाडा असुलिएको पाइएको हो ।

प्रहरीका अनुसार ती सवारी साधनहरुले लिएकाे करिब १० हजार ५ सय रुपैयाँ बराबरको रकम १५० जना यात्रुलाई फिर्ता गराइएको छ । साथै सम्बन्धित सवारी चालक र सञ्चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

यात्रुहरुसँग बढी भाडा असुलेको गुनासो आएमा तत्काल जानकारी दिन जिल्ला प्रहरीले आग्रह गरेको छ ।

  • जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी : ९८५१२२९८६०
  • जिल्ला प्रहरी कार्यालय धादिङ संचार शाखा : १०० / ९८५१२८३४८०
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ : ९८५१२८२६६४